इजरायलले गाजामा हमासको सामना गर्न स्थानीय सेनालाई लुकीछिपी हतियार दिइरहेको खुलासा

जेष्ठ २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलले गाजामा हमासको सामना गर्न स्थानीय सेनालाई लुकीछिपी हतियार दिइरहेको खुलासा

काठमाडौं । इजरायलले हमासको सामना गर्न गाजाभित्र स्थानीय सेनालाई लुकीछिपी हतियार दिइरहेको खुलासा भएका छ । यो कुराको पुष्टि स्वयम् इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गर्नुभएको हो।

नेतान्याहुले यसलाई सुरक्षा सल्लाहको आधारमा हमासविरोधी समूहहरूलाई सशक्त बनाउने रणनीतिक निर्णयको रूपमा बचाउ गरेका छन। तर इजरायलको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति बिना नै गरिएको यो अभियानले कडा आलोचना निम्त्याएको छ। 

पूर्व रक्षामन्त्री एभिगडोर लिबरम्यानलगायत आलोचकहरूले यसलाई 'पागलपन'को संज्ञा दिँदै राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने र गाजामा अराजकता फैलाउने चेतावनी दिएका छन। 

हमासले यो कदमको निन्दा गर्दै इजरायलले गाजामा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएको छ। गाजाको लागि कुनै स्पष्ट युद्धपछिको योजना नहुँदा नेतान्याहु बढ्दो आलोचनाको सामना गरिरहेका छन । जसमा उनीमाथि दीर्घकालीन स्थायित्वभन्दा हिंसा बढाउने जोखिम उठाएको आरोप लागेको छ।

इद अल अधाको दिन हिजाे भएको इजरायली आक्रमणमा कम्तिमा ४२ जनाको ज्यान गएको गाजा अधिकारीले बताएका छन । यसैस‌ँगै अक्टाेबर २०२३ यता मारिने प्यालेसटिनिको सख्या ५४ हजार ६ सय ७७ पुगेको छ भने १ लाख २५ हजार ५ सय ३० घाइते भएका छन ।