काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले १२ देशका नागरिकलाई संयुक्त राज्य अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएकाे छ ।
उहाँले यो कदम विदेशी आतंकवादी र अन्य सुरक्षा खतराहरूबाट जोगाउन आवश्यक भएको बताउनुभएकाे छ।
प्रभावित देशहरू अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन हुन्। बुरून्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला गरी अन्य सात देशका मानिसहरूको प्रवेशमा आंशिक प्रतिबन्ध लाग्ने बताइएकाे छ।
ट्रम्पले ह्वाइट हाउसबाट जारी गरेको एक भिडियो वक्तव्यमा भन्नुभएकाे छ, 'सुधार गरिएका सामग्रीका आधारमा सूची संशोधनको अधिनमा छ, र त्यसैगरी विश्वभर खतराहरू देखा पर्दा नयाँ देशहरू थप्न सकिन्छ।'
यो घोषणा सोमबारदेखि लागू हुनेछ भने त्यस मितिभन्दा पहिले जारी गरिएका भिसाहरू रद्द गरिने छैनन्।