काठमाडौं । ट्रम्प प्रशासनद्वारा गल्तीले मेरिल्याण्डबाट एल साल्भाडोर डिपोर्ट गरिएका किल्मार अब्रेगो गार्सियालाई फौजदारी अभियोगहरूको सामना गर्न अमेरिका फर्काइएको छ ।
गार्सियामाथि टेनेसीस्थित संघीय अदालतमा दर्ता गरिएको अभियोगपत्रमा गैरकानुनी आप्रवासीहरूलाई अमेरिकामा ल्याउने षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ।
अदालतको अभिलेखअनुसार उक्त अभियोगपत्र मे २१ मा दर्ता गरिएको थियो । यो गार्सियाको मार्च १५ को डिपोर्टेसनभन्दा दुई महिनाभन्दा पछाडिको हो ।
एक अध्यागमन न्यायाधीशले सन् २०१९ मा गार्सियालाई एल साल्भाडोरमा फर्काएमा उनलाई गिरोहद्वारा सताइने सम्भावना रहेको भन्दै डिपोर्ट नगर्न आदेश दिएको भएपनि, डिपोर्ट गरिएको थियो।
राष्ट्रपति डनल्ड ट्रम्पका आलोचकहरूले यो निर्णयलाई गल्तीपूर्ण भन्दै आलोचना गरेका छन। अधिकारीहरूले जवाफस्वरूप गार्सिया एमएस-१३ गिरोहको सदस्य भएको दाबी गरेका थिए। तर उनका वकिलहरूले उक्त दाबी अस्वीकार गर्दै गार्सिया गिरोहको सदस्य नरहेको र उनीमाथि कुनै अपराधको आरोप वा सजाय पनि नलागेको बताएका छन।