दक्षिण एसियाका कृषि विज्ञहरुको दुइ दिने बैठक भक्तपुरमा सम्पन्न

जेष्ठ २४, २०८२ |सुन्दर शिल्पकार
दक्षिण एसियाका कृषि विज्ञहरुको दुइ दिने बैठक भक्तपुरमा सम्पन्न

भक्तपुर । दक्षिण एसियाका कृषि विज्ञहरुको दुइ दिने बैठक भक्तपुरमा सम्पन्न भएको छ । नेपाल फार्मस् एडभाइजरी काउन्सिल र ऐग्रिकल्चर एक्सटेन्सन प्लेटफर्म अफ साउथ एसियाले आयोजना गरेको बैठक कृषकहरुको आम्दानी बढाउने सवालमा केन्द्रीत रहेको थियो । 

दक्षिण एसियामा कृषि सम्वन्धी प्रविधिगत विस्तार सँगै उत्पादन, गुणस्तर र कृषि विस्तारको दिगोपन तथा प्रभावाकरीताको सुनिश्चित गर्न नेपालमा बैठक राखिएको नेपाल फार्मस् एडभाइजरी काउन्सिलका अध्यक्ष योगेन्द्र कुमार कार्कीले बताउनुभयो ।

भेलामाा नेपाल, भूटान, वंगलादेश, भारत, पाकिस्तान र श्रीलंका तथा अमेकिकाको मेचिगन स्टेट विश्वविद्यालयका कृषि विज्ञहरुको सहभागिता थियो । अर्को बैठक ६ महिना पछि भूटानमा हुने आयोजकको भनाई छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।