काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ६ लाखभन्दा बढी मानिस विस्थापित भएका छन । बाढीले आसाम क्षेत्रमा रहेका एकसिङ्गे गैँडाहरूलाई पनि असर गरिरहेको बताइएको छ ।
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले राज्यका २१ जिल्लामा बाढीले ६ लाखभन्दा बढी मानिसलाई असर गरेको जनाएको हो।
एएनआई समाचार एजेन्सीका अनुसार हाल १५ सयभन्दा बढी गाउँ डुबानमा परेका छन । र, बाढीले अधिकांश बालीनाली क्षेत्र डुबाएको छ।
अभयारण्यका रेन्जर प्राञ्जल बरूआकाअनुसार भारी वर्षाका कारण पोबितोरा वन्यजन्तु अभयारण्यमा बाढी आएको छ । जसले गर्दा करिब १० वटा चोरी शिकारी नियन्त्रण शिविर पानीमुनि परेका छन।
एएनआईले रिपोर्ट गरेअनुसार २०२२ को गैँडा जनसंख्या जनगणना अनुसार, यो अभयारण्य १६ वर्ग किलोमिटर क्षेत्रफलमा १ सय ७ वटा एकसिङ्गे गैँडाहरूको रहेका छन् ।