खोटाङमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च

जेष्ठ २४, २०८२ |उत्तम चौलागाईं
खोटाङमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च

खोटाङ । खोटाङमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । गाउँका कृषकबाट व्यापारीले प्रतिकिलो ७ सयदेखि ८ सयसम्ममा खरिद गरी ग्राहकलाई एक हजारमा बिक्री गर्ने गरेका छन् । 

अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य हालसम्मकै उच्च बनेको हो । जिल्लामा उत्पादित फलफूल तथा तरकारीको मूल्य वृद्धि भएपछि तराईका विभिन्न जिल्लाबाट ल्याइएका तरकारी र फलफूलले बजार भरिएको छ। 

बजार तथा हटियामा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका कृषकले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।