बाजुरामा भीषण आगलागी, विपन्नको सुविधा खोस्दै सम्पन्न ! | Kantipur Samachar | कान्तिपुर समाचार, २३ जेष्ठ

जेष्ठ २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाजुरामा भीषण आगलागी, विपन्नको सुविधा खोस्दै सम्पन्न ! | Kantipur Samachar | कान्तिपुर समाचार, २३ जेष्ठ

आजका मुख्य समाचार,

* बाजुराको बाम्का बजारमा भीषण आगलागी हुँदा ४० भन्दा बढी घर-पसल जलेर नष्ट / हावाहुरीका कारण आगो नियन्त्रण बाहिर / निभाउने प्रयास जारी ।

* विपन्नका लागि सरकारले दिने उपचार सुविधाको व्यापक दुरुपयोग / घाँटीमा सुनका मोटा सिक्री र महँगा गाडीमा सवारी गर्नेहरुको हातमा विपन्नको निवेदन ।

* पूर्वप्रधानमन्त्री माधव नेपालमाथिको भ्रष्टाचार मुद्दापछि पक्ष-विपक्षमा बहस / सुशासनको नजिर बनेको कानुनविद्को भनाइ / ओलीले प्रतिशोध साँधेको दाहालको आरोप ।

* भूकम्पपछि नेपालीलाई दिइँदै आएको अस्थायी संरक्षण सुविधा टिपीएस खारेज गर्ने अमेरिकाको निर्णय / आगामी अगस्ट पाँचभित्र अमेरिका छाड्नुपर्ने ।

* नेपाली महिला फुटबलको दीर्घकालीन विकासमा जोड दिने नवनियुक्त प्रशिक्षक प्याट्रिकको भनाइ / खेलाडीको स्तर सुधार र युरोपमा अवसर खोज्न सहयोग गर्ने प्रतिबद्धता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.