ट्रम्पको खर्च कटौती अभियानबाट मस्कको औपचारिक बिदाइ

मस्क आफ्नो निकट सल्लाहकारको रूपमा भने रहिरहने ट्रम्पको प्रष्टोक्ति
जेष्ठ १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पको खर्च कटौती अभियानबाट मस्कको औपचारिक बिदाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले विश्व नम्बर एक धनाढ्य इलोन मस्क आफ्नो निकट सल्लाहकारको रूपमा रहिरहने बताउनुभएको छ ।

अमेरिकी प्रशासनको खर्च कटौती गर्ने चार महिना कार्यभारबाट मस्कले बिदा लिँदै गर्दा ओभल अफिसमा आयोजित समारोहमा राष्ट्रपति ट्रम्पले यतिन्जेल मस्कले गरेको कामको बचाउ गर्दै अब पनि ह्वाइट हाउसकै अघिपछि रहने प्रष्ट पार्नुभएको हो । 

ट्रम्पले दोस्रो कार्यभार सम्हालेको १ सय ३० दिनपछि मस्कले 'विशेष सरकारी कर्मचारी'बाट अवकास लिनुभएको हो । चार महिने कार्यकालमा मस्कको कामले विशेष गरी संघीय एजेन्सीहरूमा ठूलो मात्रामा कर्मचारी कटौती र प्रमुख अमेरिकी विदेशी सहायता संस्था युएस एडद्वारा सञ्चालित अधिकांश कार्यक्रम बन्द गरेपछि आलोचनाको सामना गर्नुपरेको छ । 

मस्कको कदमले उहाँका आफ्नै कम्पनीहरूलाई समेत छानबिनमा ल्याउने अवस्थामा पुर्‍याएको छ । टेस्लाविरूद्ध विश्वव्यापी विरोध र बहिष्कारको आह्वान हुँदा कम्पनीको आफ्नो उत्पादन बिक्री सबैभन्दा तल्लो स्तरमा झरेको देख्यो। 

मस्कले सम्हालेको प्रशासन कटौती कार्यालयको वेबसाइटका अनुसार, यसले मे २९ सम्ममा अमेरिकी सरकारलाई १ सय ७५ अर्ब डलर बचत गराएको दाबी गरिएको छ । तर विभिन्न मिडिया अनुसन्धानले यसलाई अस्वीकार गरेका छन ।



सम्बन्धित