काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आगामी जुन १ तारिखदेखि युरोपेली संघ(ईयु)का सामानहरूमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।
यस्तै अमेरिकी उपभोक्ताहरूले किन्ने सबै आईफोनहरूमा समेत २५ कर लगाउन सक्ने भन्दै ट्रम्पले उत्पादक कम्पनी एप्पललाई चेतावनी दिनुभएको छ ।
ट्रम्पको यो चेतावनी ह्वाइट हाउसले युरोपेली संघसँगको वार्ता पर्याप्त गतिमा अघि नबढेको विश्वास गरेपछि आएको हो। उहाँको यो धम्कीले बजार, व्यवसाय र उपभोक्तालाई अस्थिर गराएको र विश्वव्यापी आर्थिक मन्दीको डर बढाएको विश्लेषण भएको छ।
यसैबीच, एप्पलमाथिको ट्रम्पको धम्की विशेष कम्पनीहरूलाई आफ्नो उत्पादन अमेरिकामा सार्न दिइएको दबाबको रूपमा हेरिएको छ । यसअघि उनले अटोमेकरहरू, औषधि कम्पनीहरू र चिपमेकरहरूलाई पनि ट्रम्पले यस्तै दबाब दिनुभएको थियो ।
ट्रम्पले युरोपेली संघले अमेरिकासँग नराम्रो व्यवहार गरेको र अमेरिकालाई युरोपेली संघमा कार बेच्नबाट रोकेको गुनासो दोहोर्याउनुभएको छ । यसैबीच युरोपेली आयोगले ट्रम्पको पछिल्लो अभिव्यक्तिप्रति टिप्पणी गर्न अस्वीकार गर्दै युरोपेली संघका व्यापार प्रमुख मारोस सेफकोभिक र उहाँका अमेरिकी समकक्षी जेमिसन ग्रियरबीच तय भएको फोन वार्ताको प्रतीक्षा गर्ने बताएको छ।