काठमाडौं । अमेरिकाको वाशिंगटन डिसीको डाउनटाउनस्थित एक यहूदी संग्रहालयबाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार इजरायली दूतावासका एक पुरूष र एक महिला कर्मचारीलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानिएको हो ।
यो नियोजित घटना देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । गोलीकाण्ड स्थानीय समयअनुसार राति ९ बजेर पाँच मिनेटमा भएको बताइएको छ । घटनास्थल वरपर धेरै पर्यटकीय स्थल, संग्रहालय र सरकारी भवनहरू छन ।
गोलीकाण्डको समयमा इजरायली दूतावासका धेरै कर्मचारी संग्रहालयको कार्यक्रममा उपस्थित थिए । अमेरिकास्थित इजरायली राजदूतले यस घटनालाई विरोधी आतंकवादको कुकर्म भनेका छन।
यस घटनाले ठूलो प्रहरी परिचालन र शहरका प्रमुख सडकहरू बन्द गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने इजरायली दूतावासका कर्मचारीको नाम सार्वजनिक गरिएको छैन। आक्रमणकारीको खोजी भइरहेको बताइएकाे छ ।