भारतीय हमलाहरूको उचित जवाफ दिने पाकिस्तानी सेनाकाे चेतावनी

वैशाख २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतीय हमलाहरूको उचित जवाफ दिने पाकिस्तानी सेनाकाे चेतावनी

काठमाडौं । पाकिस्तानी सेनाले भारतीय हमलाहरूको उचित जवाफ दिने चेतावनी दिएको छ। पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरिफ चौधरीले पाकिस्तानले पहिल्यै प्रतिक्रिया दिएको र त्यसलाई विफल पारिएको भन्ने भारतीय दाबीलाई अस्वीकार गर्नुभयो।

पाक सेनाले पछिल्लो दुई दिनमा आफ्नो क्षेत्रमा इजरायलमा निर्मित मोडलसहित ७७ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ। बुधबारदेखि भएका भारतीय हमलाहरूमा ३३ जना मारिएका र ६२ जना घाइते भएका छन । 

घाइतेमध्ये १४ जना सेना भएको चौधरीले बताउनुभयो । शनिबार टेलिभिजनमा दिएको वक्तव्यमा चौधरीले भारतले ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको र ती भारतीय क्षेत्रमै खसेको दाबी गर्नुभयो । 

तर, दाबीलाई पुष्टि गर्ने विवरण भने उहाँले दिनुभएन । यसैबीच, पाकिस्तान प्रशासित कश्मिरको चकोठी गाउँका बासिन्दाले शुक्रबार गोलाबारीबाट बच्न बंकरमा रात बिताएका छन। 

पाकिस्तान अधिनस्थ कश्मिरका अधिकारीहरूले सीमापारबाट भएको भीषण गोलाबारीमा हिजो बिहान सबेरै एक शिशुसहित पाँच जना नागरिकको मृत्यु भएको र २९ जना घाइते भएको बताएका छन। 

भारतले गत अप्रित २२ मा कश्मिरमा हिन्दू पर्यटकमाथि भएको हमलाको बदलास्वरूप बुधबारदेखि पाकिस्तानका धेरै स्थानमा "आतंकवादी शिविरहरू" भएको भन्दै हमला गरेपछि द्वन्द्व सुरू भएको हो।