काठमाडौं । इसाई धर्मावलम्बीहरूका सर्वोच्च गुरु पोप फ्रान्सिसको आज अन्त्येष्टि गरिएको छ । उहाँको गत सोमबार बिहान भ्याटिकन सिटीस्थित आफ्नै निवासमा निधन भएको थियो ।
भ्याटिकनको सेन्ट पिटर्स स्क्वायरमा आयोजित अन्त्येष्टि समारोहमा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसहित २ लाखभन्दा बढी मानिस सहभागी थिए । समारोहमा राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस, संयुक्त अधिराज्यका राजकुमार विलियम, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों, स्वीडेनका राजा कार्ल गुस्ताभ, ईयू अध्यक्ष उर्सुला भान डल लेयेन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लगायतका सहभागी थिए ।
सेन्ट पिटर्स स्क्वायरको अन्त्येष्टि समारोहपछि पोपलाई ४ किलोमिटर दूरीमा रहेको सेन्ट मेरी मेजरको बासिलिकामा समाधिस्थ गरिनेछ । शताब्दियता भ्याटिकनबाहिर समाधिस्थ गरिने उहाँ पहिलो पोप हुनुहुन्छ ।
अर्जेन्टिनाको ब्युनर्स आयर्समा सन् १९३६ मा जन्मनुभएका जोर्गे मारियो बेर्गोग्लियो सन् २०१३ मा पोप बेनेडिक्टले राजीनामा दिएपछि इसाईका सर्वोच्च धर्मगुरु नियुक्त हुनुभएको थियो । पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको पोप नियुक्त हुने करीब १३ वर्षयताकै पहिलो गैर युरोपेली अर्थात ल्याटिन-अमेरिकी कार्डिनल हुनुहुन्थ्यो ।