भारतको जम्मु-कस्मिरमा पर्यटकलक्षित आतंककारी हमला : कम्तिमा २० को मृत्यु, एक नेपाली पनि मारिए

वैशाख ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतको जम्मु-कस्मिरमा पर्यटकलक्षित आतंककारी हमला : कम्तिमा २० को मृत्यु, एक नेपाली पनि मारिए

काठमाडौं । भारतको जम्मु-कस्मिरको पहलगाममा पर्यटकहरुलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक जना नेपालीको पनि मृत्यु भएको छ । आतंककारी हमलामा कम्तीमा २० जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ । 

मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन । पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरुले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ । आतंकवादी हमलाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा शब्दमा निन्दा गर्नु भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पदेखि धेरै देशका राष्ट्रप्रमुखहरुले घटनाको निन्दा गरेका छन् ।

गोली लागेका घाइतेहरुको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.