कान्तिपुर समाचार, १३ वैशाख २०८२

वैशाख १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १३ वैशाख २०८२

आजका मुख्य समाचार,

* सरकार र आन्दोलनरत शिक्षकबीच छलफललाई निरन्तरता दिनेबाहेक जुटेन अर्को सहमति / २५ दिनदेखिको आन्दोलन जारी / विद्यार्थी घरधन्दा र घुमफिरमै दिन बिताउँदै ।

* विचार राखेकै आधारमा संगठित साइबर बुलिङको प्रवृत्तिले वाक स्वतन्त्रताको हनन् / संवैधानिक अधिकार प्रयोग गर्दा पनि सार्वजनिक व्यक्तित्वमाथि बारम्बार हमला ।

* रासायनिक मलमा दिँदै आएको अनुदान घटाएर प्राङ्गारिकमा दिने सरकारको तयारी / स्वदेशी मल कारखानालाई प्रोत्साहित गर्दै उत्पादन बढाउने नीति ।

* टेम्पोररी प्रोटेक्टेड स्टाटसको म्याद नथप्ने अमेरिकाको संकेत / टीपीएस हैसियतमा बसोबास गर्दै आएका झन्डै सात हजार नेपाली डिपोर्टमा पर्न सक्ने ।

* नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा जारी / दोस्रो हाफको इन्ज्युरी समय चलिरहँदा ललितपुर दुई-एक गोलले अगाडि ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.