काठमाडौं । रूसको राजधानी मस्को नजिकै भएको एक कार बम विस्फोटमा युक्रेनमा खटिएका वरिष्ठ रूसी सेनाका कमाण्डर जनरल यारोस्लाभ मोस्कालिकको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्क्फले राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्यका विषयमा छलफल गरिरहेकै बेला यो घटना भएको हो ।
रूसी गृह मन्त्रालयका अनुसार स्थानीय समयअनसार बिहीबार बिहान मस्कोको अति सुरक्षित क्षेत्रमा रहेको सडकमा सोकोलोभको गाडी विस्फोट भएको थियो । घटनास्थलमै उनको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटलाई "आतंकवादी हमला" को संज्ञा दिँदै रूसी अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा युक्रेनी पक्षको संलग्नताको आशंका गरेका छन्। तर युक्रेनले भने विस्फोटमा आफ्नो हात नरहेको दाबी गरेको छ ।
घटनाको समय र ट्रम्पका दूतको भ्रमणकै बेला भएको यो घटना शान्ति प्रक्रिया अवरुद्ध गर्न गरिएको हुनसक्ने अनुमान गरिएको छ । केही विश्लेषकहरूका अनुसार, रूसी शासनभित्रकै युद्धप्रति कठोर दृष्टिकोण राख्ने समूहहरूले शान्ति सम्झौता नचाहेका कारण यस्तो कदम चालेका हुन सक्छन्।
क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणको कडा निन्दा गर्दै वार्ता नरोकिने बताएका छन् । अमेरिकी पक्षले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।