राष्ट्रसंघका आणविक प्रमुख र इरानको आणविक उर्जा एजेन्सीका प्रमुखबीच तेहरानमा भेट

अमेरिका र इरानबीच आणविक कार्यक्रमबारे शनिबार रोममा नयाँ वार्ता हुने
वैशाख ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
राष्ट्रसंघका आणविक प्रमुख र इरानको आणविक उर्जा एजेन्सीका प्रमुखबीच तेहरानमा भेट

काठमाडौं । इरानको आणविक कार्यक्रमबारे रोममा अमेरिका र इरानबीच नयाँ वार्ता हुने समाचार सार्वजनिक भएपछि संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरान पुग्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी संस्थाका प्रमुख राफेल ग्रोसीले तेहरान र वासिङ्टनबीच नयाँ चरणको आणविक वार्ता हुनुअघि इरानको आणविक ऊर्जा एजेन्सीका प्रमुख मोहम्मद इस्लामीसँग भेटवार्ता गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सन् २०१८ मा ऐतिहासिक आणविक सम्झौता त्यागेको लामो समयपछि दुई देशबीच एक साता पहिले उच्चस्तरीय वार्ता भएको थियो । 

इरानी र अमेरिकी प्रतिनिधिमण्डल ओमानी मध्यस्थताको दोस्रो चरणको वार्ताका लागि शनिबार रोममा भेला हुने भएका छन् । ग्रोसीको एस्लामीसँगको भेटबारे तत्काल केही जानकारी प्राप्त नभए पनि इरानको एक पत्रिकाले उहाँको भ्रमणलाई 'वर्तमान समयमा रणनीतिक रुपमा महत्वपूर्ण' भनेको छ । 

ग्रोसीले विदेशमन्त्री अब्बास अराघचीसँग भेट गर्नुभएको थियो भने शनिबार अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग पहिलो चरणको वार्ताको नेतृत्व गर्नुहुनेछ ।

अराघचीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखसँग आफ्नो बैठक 'उपलब्धीपूर्ण' भएको बताउनुभएको छ । ग्रोसीले आफूहरूको भेट 'महत्वपूर्ण' भएको बताउनुभएको छ ।