काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानुनी स्थिति रद्द गर्ने निर्णय गरेको छ ।
संघीय सरकारद्वारा जारी सूचना अनुसार त्यस्ता आप्रवासीहरूलाई २४ अप्रिलसम्ममा उनीहरूको अनुमतिको अवधि समाप्त र डिपोर्टेशन सुरक्षा रद्द हुनुअघि अमेरिका छोड्न चेतावनी दिइएको छ ।
५ लाख ३० हजार आप्रवासीहरूलाई बाइडन कालका प्रायोजक प्रक्रिया अन्तर्गत अमेरिकामा ल्याइएको थियो, जसको उद्देश्य कानुनी आप्रवासन मार्ग खोल्नु थियो । ट्रम्प राष्ट्रपति हुने बित्तिकै उक्त कार्यक्रम निलम्बन गर्नुभएको थियो । यसबीचमा यी आप्रवासीहरूमध्ये कतिले अमेरिकामा अस्थायीरूपमा बस्ने कागजात बनाउन सफल भए भन्ने स्पष्ट छैन ।
२०१२ मा सुरु गरिएको यो कार्यक्रमले आप्रवासीहरू र तिनीहरूका परिवारका सदस्यलाई अमेरिकी प्रायोजक भएमा अमेरिकामा उडान भर्न र दुई वर्षसम्म अस्थायी आप्रवासन स्थितिमा बस्न अनुमति दिन्थ्यो । यसैबीच ट्रम्प प्रशासनले रूससँगको संघर्षका दौरान अमेरिका आएका लगभग २ लाख ४० हजार युक्रेनीहरूको अस्थायी कानुनी स्थिति रद्द गर्ने कुरा पनि पुनःविचार गर्दैछ ।