बेलायतको हिथ्रो विमानस्थल पुनः सुचारू

चैत्र ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
बेलायतको हिथ्रो विमानस्थल पुनः सुचारू

काठमाडौं । नजिकको एक सबस्टेशनमा आगो लागेर सेवा ठप्प भएको बेलायतको हिथ्रो विमानस्थलमा हवाई उडानहरू पुनः सुरु भएका छन । यससँगै आज विमानस्थले पूर्ण सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सेवा प्रभावित हुँदा झण्डै २ लाख यात्रु प्रभावित भएका थिए । बिहीबार साँझ पश्चिमी लन्डनको हेसमा नर्थ हाइड प्लान्टमा आगो सल्किएपछि इनबाउन्ड विमानहरूलाई यूरोपका अन्य हवाई अड्डामा डाइभर्ट गरिएको थियो । 

ब्रिटिश एयरवेजले शुक्रबार साँझ हिथ्रोबाट आठ वटा लामो दूरीका उडानहरू प्रस्थान गर्न अनुमति दिइएको जनाएको छ । भीड-भाड घटाउन रातभरका उडानहरूमा अस्थायीरूपमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।