अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच टेलिफोन वार्ता

यसैवर्ष शान्ति प्राप्त हुने जेलेन्स्कीको विश्वास
चैत्र ७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ । वार्तापछि जेलेन्स्की उत्साहित हुनुभएको छ । उहाँले यसैवर्ष शान्ति प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

आफ्ना अमेरिकी समकक्षी डनल्ड ट्रम्पसँग सकारात्मक फोनवार्ता भएको उल्लेख गर्दै जेलेन्स्कीले यसैवर्ष शान्ति स्थापना हुने बताउनुभएको हो ।

उता, अमेरिकी राष्ट्रपति ट्रम्पले समेत जेलेन्स्कीसँगको फोनवार्ता बढी जसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा केन्द्रित रहेको भनी सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

फोन कुराकानीका क्रममा पुटिनले पूर्ण युद्धविराम प्रस्तावलाई भने अस्विकार गर्नुभएको थियो । यद्यपि, ट्रम्पले संवाद अझै नटुटेको र आइतबार फेरि कुराकानी हुने उल्लेख गर्नुभएको छ । 

जेलेन्स्कीले यसअघि पुटिनको भाषा र शब्द वास्तविकता भन्दा निकै अलग रहेको र उनले युक्रेनमाथि नयाँ आक्रमण तथा निशाना साँधेको आरोप लगाउनुभएको थियो । त्यति मात्र नभई उहाँले आफ्नो उर्जा प्रणालीमा आक्रमण गरेको आरोप समेत लगाउनुभएको थियो । 

रुसको रक्षा मन्त्रालयले समेत कीएभमाथि आफ्नो एक तेल भण्डारण प्रणालीलाई निशाना बनाएको दोष लगाएको थियो ।