काठमाडौै । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग युद्ध विरामका लागि सकारात्मक देखिनु भएको छ । उहाँले संघर्षविरामको प्रकृतिबारे भने केही प्रश्नहरु बाँकी रहेको बताउनुभएको छ ।
रूस-युक्रेन युद्धविरामबारे वार्ता गर्न मस्को पुगेका मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफसँगको भेटमा पुटिनले दीर्घकालीन समाधानतर्फ पहल जरूरी रहेको बताउनुभएको हो ।
उहाँले दिगो शान्तिका लागि संकटका मूल कारण हटाउन आवश्यक रहेको टिप्पणी गर्नुभयो । उहाँले रूस-यक्रेन युद्धविरामका लागि अमेरिकासँग थप छलफल आवश्यक रहेको पनि बताउनुभयो ।
यता, युक्रेनी राष्ट्रपति भोलाेदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रूसी राष्ट्रपति पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताउनुभएको छ । उहाँले शान्ति सम्झौताका लागि रुसमाथि अधिक प्रतिबन्ध लगाउन आह्वान समेत गर्नुभयो ।
यसैबीच, अमेरिकाले रुसको तेल, ग्यास र बैंकिङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ।