काठमाडौं । अमेरिकामाथि जवाफी आयातकर लगाउने युरोपियन युनियनको कदमविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प थप आक्रामक बन्नु भएको छ । उहाँले युरोपीयन युनियनलाई थप कर लगाउने घोषणा गर्नुभएको छ ।
युरोपीयन युनियनले २८ दशमलब ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफुहरुले पनि ट्यारिफ लगाउने ट्रम्पले उदघोष गर्नुभएको हो ।
ट्रम्पले यसै महिनाको सुरुवातमा घोषित गरेको स्टील, आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपीयन युनियनले जवाफी ब्लकको घोषणा गरेको थियो ।
क्यानाडाले समेत कुनै पनि अमेरिकी सामान आयातमा जवाफी उपायको घोषणा गरेको छ । जसमा क्यानाडाले २० बिलियन अमेरिकी डलरमाथिको सामानमा दोहोरो अंकको ट्यारिफ लगाउने भनेको छ ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले समेत ट्रम्पको आयातकर अडानलाई लिएर आफुहरु सबै विकल्पहरु टेबलमा राखेर बसिरहेको प्रतिक्रिया दिनुभएको छ । भन्सार शुल्क अर्थात् ट्यारिफ ट्रम्पको समग्र आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको छ ।
उहाँले यसैबाट अमेरिकी विनिर्माणलाई बढावा दिने र रोजगारी प्रवद्र्धन गर्ने विश्वास लिनुभएको छ । तर, आलोचकहरु यसले महँगी चुलिने र अमेरिकी उपभोक्ता समेत मारमा पर्ने टिप्पणी गरेका छन् ।