काठमाडौं । भारतको उडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।
चौतर्फी विरोध र दबाबपछि माफी मागेपनि उनिहरू घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । यसअघी विश्वविद्यालयले विद्यार्थीलाई छात्राबासमा फर्कन आह्वान गरेपनि नेपाली विद्यार्थीहरू त्रासमा छन् । मंगलबार दिउँसो भुवनेश्वर पुगेका नेपाली दूतावासका अधिकारीहरुसँग उनीहरूले छात्रावासमा आफूहरुमाथि जे पनि हुन सक्ने भन्दै सुरक्षित सुरक्षित महसुस गर्न नसकेको बताएका थिए । दूतावासले घटनाबारे बुझ्न दूतावासका प्रतिनिधि सञ्जीव शर्मा दास र नवीनराज अधिकारीलाई खटाएको थियो ।
केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहारप्रति चौतर्फी विरोधपछि विश्वविद्यालयले माफी मागेको थियो ।
विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि हातपात गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गर्नुका साथै छात्रावासका तीन अधिकारीलाई निलम्बन गरेको छ । यसका साथै सबै विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिने पनि विश्वविद्यालयले जनाएको थियो । तर, हिजो बिहान कुटिँदै लखेटिएका विद्यार्थी सुरक्षाप्रति निश्चिन्त हुन सकेका छैनन् ।
कान्तिपुर टेलिभिजनसँगको सम्पर्कमा आएका विद्यार्थीहरुका अनुसार विश्वविद्यालयले छात्रावासमा फर्कन बारम्बार आह्वान गरे पछि मंगलबार साँझसम्म जम्मा ३९ विद्यार्थीमात्र फर्किएका थिए ।
सम्बन्धित समाचारः