७ महिनाको अवधिमा निर्यात साढे ४६ प्रतिशतले वृद्धि

फाल्गुन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
७ महिनाको अवधिमा निर्यात साढे ४६ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा आयात निर्यात दुवैमा वृद्धि देखिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको यही अवधिको तुलनामा आयात १० प्रतिशतले बढेर ९ खर्ब ८८ अर्ब पुगेको छ । जुन गत वर्ष माघसम्म ८ खर्ब ९७ अर्ब थियो ।

त्यस्तै निर्यात ४६.५० प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ । जुन गत वर्ष ८६ अर्ब मात्रै थियो । चालु आर्थिक वर्षको अहिलेसम्म १४ अर्ब ५१ करोडको बीउ, ३८ अर्बको भटमास तेलको कच्चा पदार्थ, १७ अर्बको सूर्यमुखी तेल कच्चा पदार्थ आयात भएको छ ।

त्यस्तै १ खर्ब ३९ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ भने १९ अर्ब ९८ करोडको स्मार्ट फोन आयात भएको छ ।

त्यस्तै निर्याततर्फ ३ अर्बको चिया, ५ अर्बको अलैंची, ३२ अर्बको भटमासको तेल, ६ अर्बको सूर्यमुखी तेल निर्यात भएको छ । त्यस्तै ६ अर्बको गलैंचा, २ अर्बको जुट र घागो निर्यात भएको छ भने ३ अर्बको स्टील आइरन निर्यात भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement