काठमाडौं । स्विडेनको एक वयस्क शिक्षा केन्द्रमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा बन्दुकधारी सहित १० जनाको मृत्यु भएको छ । आक्रमणका कारण ४ जना गम्भीर घाइते भएको र अस्पतालमा उनीहरूको शल्यक्रिया भइरहेको बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार बन्दुकधारीले गोली चलाएपछि आत्महत्या गरेका थिए । वयस्क शिक्षा केन्द्रमा स्विडेनको राजधानी स्टकहोमभन्दा करिब २ सय किलोमिटर टाढा रहेको आरेब्रो शहरमा भएको बताइएको छ ।
बन्दुकधारी एक्लै भएको कारण कुनै उद्देश्य वा आतंकवादीको संलग्नतामा आक्रमण नगरेको प्रारम्भिक अनुमान लगाइएको छ । परीक्षा सकिएको कारण शिक्षा केन्द्रमा खासै विद्यार्थी उपस्थित नरहेको बेला बन्दुकधारीले आक्रमण गरेको बताइएको छ । त्यहाँ उपस्थित एक शिक्षिकाले १० राउन्ड गोलीको आवाज सुनेको बताएकी छन् ।
गोली चले लगत्तै प्रहरी र आपत्कालीन सेवाका वाहन घटनास्थल पुगेको बताइएको छ भने भवनलाई तत्काल खाली गराइएको थियो ।
रिसबर्गसका भनिने उक्त विद्यालयले २० वर्षभन्दा माथिका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको बताइएको छ। स्विडेनका प्रधानमन्त्री उल्फ क्रिसटेर्सनले मृतकप्रति समवेदना व्यक्त गर्दै स्वीडेनका लागि निकै दुःखद् दिन भएको बताउनुभएको छ ।