उत्तर कोरियाले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

माघ १, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
उत्तर कोरियाले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

काठमाडौं । उत्तर कोरियाले आज आफ्नो पूर्वी तटबाट थुप्रै अज्ञात छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । नयाँ मध्यम दूरीको हाइपरसोनिक बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको लगभग एक हप्तापछि उत्तर कोरिया पुनः अज्ञात क्षेप्यास्त्र प्रहार गरेको हो ।

क्षेप्यास्त्र स्थानीय समय अनुसार आज बिहान ०९: ३० बजे प्रहार गरिएको थियो भने क्षेप्यास्त्रहरूले लगभग २५० किलोमिटरको यात्रा तय गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डनल्ड ट्रम्पको पदभार ग्रहण गर्नुभन्दा केही दिन अगाडि प्योङयाङको पछिल्लो शक्ति प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा टिप्पणी भइरहेको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट प्रहार गरेको क्षेप्यास्त्र जापानको भूभागमा नखसेको र यसबाट हाल कुनै क्षति नभएको जापानी प्रमुख सरकारका प्रवक्ता योशिमासा हयाशीले दाबी गर्नुभएको रोयटर्सले जनाएको छ ।

क्षेप्यास्त्र प्रहारपछि दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले उत्तर कोरियाको उत्तेजनापूर्ण गतिविधिको कडा जवाफ दिने बताउनुभएको छ । उहाँले प्योङयाङको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै यो संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भएको आरोप लगाउनुभएको छ ।



Enter Kantipur TV HD
Advertisement