मेक्सिको-अमेरिका सीमाबाट पक्राउ गरिएका ३ सय ९४ आप्रवासीलाई ग्वाटेमाला पठाइयो

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेक्सिको-अमेरिका सीमाबाट पक्राउ गरिएका ३ सय ९४ आप्रवासीलाई ग्वाटेमाला पठाइयो

काठमाडौं । अमेरिकाले तीन सय ९४ जना आप्रवासीलाई ग्वाटेमाला पठाएको छ । दुई वटा अमेरिकी विमानमार्फत तीन सय ९४ जना आप्रवासीलाई ग्वाटेमाला पठाएको हो। 

तीन सय ९४ आप्रवासी बोकेको दुई वटा विमान ग्वाटेमाला शहरमा अवतरण गरेको ग्वाटेमालाका अध्यागमन अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । सुरुवातमा ती आप्रवासी अमेरिका-मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी सुरक्षा निकायले पक्राउ गरि उनीहरुलाई हिरासतमा राखेको थियो । तर, ग्वाटेमाला आप्रवासन संस्थानले आप्रवासीहरुका लागि अमेरिकी अधिकारीसँग पहल गरेपछि तीनीहरुलाई अमेरिकाले विमान मार्फत ग्वाटेमाला पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दर्ताको पर्खाइमा रहेका आप्रवासीहरू अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी काम भिसा अर्थात् वर्किङ भिसामा अमेरिका फर्कने अवसर दिने आशा समेत व्यक्त गरेको जनाइएको छ । यद्यपी, नव निर्वाचित राष्ट्रपति ट्रम्पले भने राष्ट्रपतीय चुनाव अभियानको सुरुवाती दिनवाटै अमेरिका प्रवेश गर्ने र अमेरिकामा अवैध तरिकाले रहँदै आएको आप्रवासीलाई फिर्ता पठाउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो ।

राष्ट्रपतिमा ट्रम्पको एतिहासिक जित हासिल गरेपछि एनबीसीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो पहिलो प्राथमिकता अवैध आप्रवासीलाई फिर्ता पठाउनु रहेको स्पष्ट पार्नुभएको छ । यसले अमेरिकामा अवैध तरिकाले रहँदै आएको आप्रवासीहरुका लागि चिन्ताको विषय बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा टिप्पणी भइरहेको छ । प्रत्येक वर्ष हजारौं ल्याटिन अमेरिकी आप्रवासीहरू राम्रो जीवनयापनको खोजीमा अमेरिका पुग्ने प्रयासमा अनियमित रूपमा मेक्सिकोमा प्रवेश गर्ने गरेको छ । यही प्रक्रियामार्फत अवैध आप्रवासीहरु अमेरिका प्रवेश गर्ने गरेको छ ।

अवैध रुपमा आप्रवासी प्रवेश गर्ने विषय अमेरिकी सुरक्षा निकाय र अमेरिकाका लागि चुनौति बन्दै गएको भने समस्याको विषयमा समेत बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement