नर्थ क्यारोलिनामा ट्रम्पको जित, अन्य ६ स्वीङ स्टेटमा पनि ह्यारिस पछाडि

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नर्थ क्यारोलिनामा ट्रम्पको जित, अन्य ६ स्वीङ स्टेटमा पनि ह्यारिस पछाडि

काठमाडौं । विश्वको महाशक्ति मुलुक अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि हिजो रातिदेखि सुरु भएको मतदान ५० मध्य ४८ राज्यमा सम्पन्न भएको छ । हवाइ र अलास्का बाहेक सबै राज्यमा मतदान सम्पन्न भएको बीबीसीले जनाएको छ ।

मतदान सम्पन्न भएका केहि स्थानमा भने मतगणना जारी छ । स्वीङ स्टेट नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । सात स्वीङ राज्य मध्य एक रहेको नर्थ क्यारोलाइनामा ट्रम्पले पहिलो सफलता हासिल गर्नुभएको हो ।

यस्तै स्वीङ स्टेट जर्जियामा ९१ प्रप्तिशत मतगणना भइसकेको छ । त्यहाँ ह्यारिस भन्दा ट्रम्पले अग्रता बनाइरहनुभएको छ । ट्रम्पको पक्षमा ५०.९ प्रतिशत मत रहेको छ भने ह्यारिसको पक्षमा ४८.२ प्रतिशत मत खसेको छ ।

पेन्सिल्भेनियामा ८२ प्रतिशत मतगणना भइसेकेको छ । त्यहाँ ट्रम्पले ५१.३ प्रतिशतले अग्रता लिइरहनुभएको छ भने ह्यारिस ४७.६ प्रतिशत कायम गर्नुभएको छ । यस्तै विस्कन्सिनमा ७० प्रतिशत मतगणना हुँदा ५०.७ प्रतिशत मत ट्रम्पको पक्षमा छ भने ह्यारिसको पक्षमा भने ४७.७ प्रतिशत रहेको छ ।

अरिजोनामा ५२ प्रतिशत मत गणना हुँदा ४९.८ प्रतिशत ट्रम्पको पक्षमा छ भने ४९.४ प्रतिशत ह्यारिसको पक्षमा छ । मिसिगनमा ४० प्रतिशत मतगणना हुँदा ५१.३ प्रतिशत ट्रम्पको पक्षमा छ भने ४७ प्रतिशत ह्यारिसको पक्षमा छ ।

यसैगरि भर्खरै मतगणना हुरु भएको निभाडा राज्यमा २ प्रतिशत गणना हुँदा ७३ प्रतिशत ट्रम्पको पक्षमा र ह्यारिसको पक्षमा २६.२ प्रतिशत मत आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement