अमेरिकी राष्ट्रपति निर्वाचन : के भन्छन् नेपाली मूलका मतदाता ?

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी राष्ट्रपति निर्वाचन : के भन्छन् नेपाली मूलका मतदाता ?

न्युयोर्क, अमेरिका । अमेरिकी राष्ट्रपति चुनावमा नेपाली मूलका तथा नेपालीभाषी एक लाख मतदाताहरुले मतदान गर्दैछन् । मतदान नजिकिँदै गर्दा नेपाली मतदाताहरु पनि आफ्नो रोजाइका उम्मेदवारको पक्षमा खुलेर लाग्ने गरेका छन् । आप्रवासन, स्वास्थ्य बिमा तथा गर्भपतनका मुद्धामा मतदाताहरुले आफ्नो उम्मेदवार चयन गर्ने अनुमान गरिएको छ ।

आप्रवासीहरुको बाहुल्यता रहेको अमेरिकाका कतिपय राज्यहरुमा उनीहरुको मत पनि निर्णायक हुने गरेको छ । पछिल्लो समय अमेरिकी राजनीतिमा आफ्नो प्रभाव बढाउँदै लगेका नेपाली मतदाताहरु पनि कोही डेमोक्र्याट त कोही रिपब्लिकन उम्मेदवारका पक्षमा देखिन्छन् ।

आफ्नो मतदानको अधिकार प्रयोग गरी आफूले रुचाएको उम्मेदवारलाई विश्व महाशक्ति अमेरिकाको बागडोर जिम्मा लगाउन नेपालीहरु मतदाताहरु पनि आतुर देखिन्छन् ।

तारा भट्टराईमात्र होइन कृष्ण आचार्य पनि उत्तिकै उत्साहीत देखिन्छन् । तर आप्रवासन, महँगी तथा अमेरिका प्रथम भन्ने नाराको कारण रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पलाई समर्थन गर्ने नेपालीहरु पनि कम छैनन् ।

अमेरिकामा गर्भपतन, स्वास्थ्य बिमा तथा आप्रपासीहरुलाई हेर्ने नजरिया डनल्ड ट्रम्पको नकरात्मक भएको तर डेमोक्र्याट उम्मेदवार कमला ह्यारीसले महिला र उनीहरुको प्रजनन अधिकारका सवालमा राम्रो भूमिका खेल्न सक्ने भएकोले उनको समर्थन गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको अनुमान गर्न सकिन्छ ।

अघिल्लो राष्ट्रपतिको निर्वाचन भन्दा यसपाली झन्डै चालिस हजार नेपाली मतदाताहरु थपिएको बताइएको छ । अमेरिकाका न्युयोर्क, क्यालीफोर्निया र टेक्सस, तथा पेन्सलभेनीया जस्ता ठूला राज्यहरुमा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको छ । 

नेपाली भाषी तथा नेपाली मूलका मानिसहरुको मतले समग्र निर्वाचनको परिणाममा खासै असर नगरे पनि पेन्सलभेनीया जस्ता राज्यमा रहेका नेपाली भाषीको मतले केही असर गर्न सक्ने अनुमान गर्न सकिन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement