बाढीग्रस्त क्षेत्रको भ्रमणमा गएका स्पेनका राजामाथि पीडितले गरे माटो प्रहार

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीग्रस्त क्षेत्रको भ्रमणमा गएका स्पेनका राजामाथि पीडितले गरे माटो प्रहार

काठमाडौं । स्पेनका राजा फिलिप र रानी लेटिजियाले भ्यालेन्सियाको बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने क्रममा जनताको विरोधको सामना गर्नुपरेको छ ।

भ्यालेन्सियाको बाढीग्रस्त क्षेत्रको भ्रमणको क्रममा स्पेनका राजा फिलिप र रानीमाथि आक्रोशित प्रदर्शनकारीहरुले बाढी कै माटो र अन्य वस्तुले प्रहार गरेको बीबीसीले जनाएको छ । बाढी प्रभावित जनताले आक्रोश देखाएपछि राजाले आफ्नो अर्को भ्रमण रद्द गरेको बताइएको छ ।

भ्यालेन्सियामा राजा फिलिपविरुद्ध आम जनताले गरेको विरोधपछि त्यहाँका राष्ट्रपति कार्लोस माजेनले जनताको क्रोध र प्रतिक्रिया बुझेको र जनताको गुनासो सुन्नु आफ्नो राजनीतिक र नैतिक दायित्व भएको बताउनुभएको छ ।

यसअघि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र उहाँको टोलीलाई भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएका थिए । वर्षा र बाढीका कारण क्षतीग्रस्त भ्यालेन्सिया भ्रमण गर्ने क्रममा उहाँ माथि पनि आक्रोशित जनताले विरोध जनाउँदै माटोले आक्रमणको प्रयास पनि गरेको बताइएको छ ।

स्पेनमा दशकौँ पछि आएको बाढीले करिब २ सय १४ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अझ प्रधावित छन् । यस विषयमा राज्यले कुनै पहल र आवश्यक कदम नचालेको भन्दै त्यहाँका जनता आक्रोशित भएर राज्य प्रमुखहरुमाथि आक्रमण गरेको टिप्पणी भइरहेको छ ।

यसैबीच, स्पेनको राष्ट्रिय मौसम विज्ञान एजेन्सीले भ्यालेन्सियाको दक्षिणी भागहरूमा वर्षा हुने भन्दै आगामी केही घण्टाका लागि रेड अलर्ट जारी गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement