दक्षिणी लेबनानमा इजरायली सेनाको हवाई आक्रमणमा १५ जनाको मृत्यु

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणी लेबनानमा इजरायली सेनाको हवाई आक्रमणमा १५ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानस्थित सिडोन क्षेत्रको तीन तले आवासीय भवनमा हवाई आक्रमण गर्दा १५ जना लेबनानीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । आक्रमणमा परी कम्तिमा ३३ जना घाइते भएको लेबनानी स्थास्थ्य मन्त्रालयले जनाएको हो । आक्रमणबाट ध्वस्त भएको भवनको भग्नावषेश मुनि केहि व्यक्ति फसेको आंशका गरिएको छ । 

आक्रमण लगत्तै त्यहाँको सरकारी आपतकालीन सेवा भग्नावषेश फसेका व्यक्तिहरुको उद्धारमा खटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

त्यस्तै इरान समर्थित समूह हिजबुल्लाहले दक्षिणी लेबनानमा रहेको इजरायली सेनाको टोलीमाथि दर्जनौँ रकेट प्रहार गरेको बताइएको छ ।

लेबनानमा इजरायली सेना र हिजबुल्लाह समूह बीचको संघर्ष जारी रहेकै बेला नकौरा क्षेत्रमा रहेको लेबनानका लागि संयुक्त राष्ट्रसंघको अन्तरिम बल-युनिफिलको मुख्यालयमा रकेट प्रहारबाट आठ जना अस्ट्रियाका शन्ति सेना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

रकेटले युनिफिलको गाडीमा समेत रकेट आक्रमणपछि आगलागी भएको बताइएको छ । युनिफिलको मख्यालयलक्षित कुन समूहले आक्रमण गरेको हो भन्ने विषय अझै अन्यौल रहेको छ । उक्त आक्रमणको जिम्मा भने कुनै समूहले अहिलेसम्म लिएको छैन् । 

अस्ट्रियाको रक्षा मन्त्रायलले शान्ति मिसनमा खटिएका आफ्ना सैनिकहरु घाइते भएको प्रति कडा आपत्ति जनाएको छ । आक्रमणको निश्पक्ष छानबिन हुने पर्ने रक्षा मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायलले दक्षिणी लेबनानमा आफ्नो स्थलगत आक्रमण सुरु गरेपछि अहिलसम्म २० पटक शान्ति सेनामाथि आक्रमण भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.