इरानमाथि इजरायलको जवाफी आक्रमण

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इरानमाथि इजरायलको जवाफी आक्रमण

काठमाडौं । इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको छ । इजरायली डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता ड्यानियल हगारीले इजरयाली सेनाले इरानमाथि हवाई आक्रमण गरेको पुष्टि गर्नुभएको हो ।

उहाँले अक्टोबर १ मा इरानले हिजबुल्लाह र हमासको समर्थनमा इजरायलमाथि  गरेको आक्रमणको जवाफ स्वरुप आज इरानमाथि आक्रमण गरेको बताउनुभएको छ । इरानमाथि आक्रमण गर्नु इजरायलको अधिकार र कर्तव्य रहेको समेत उहाँले स्पष्ट पार्नुभएको छ ।

इजरायलले आज बिहान इरानमाथि थुप्रै आक्रमण गरेको र सो आक्रमणको आवाज इरानको राजधानी तेहरानमा सुनिएको इरानी मिडियाले समेत पुष्टि गरेको छ । उक्त आक्रमण इरानको सैन्य पूर्वाधारलक्षित भएको बताइएको छ ।

इजरायली सेनाले बिहान गरेको आक्रमण इरानी सेनालक्षित रहेको आईडीएफका प्रवक्ता हगारीले जनाउनु भएको हो । इरानले ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको जवाफमा इरजरायलले इरानमाथि आक्रमण गरेको ह्वाइट हाउसले जनाएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै उक्त आक्रमणमा अमेरिकाको कुनै हात नरहेको समेत ह्वाइट हाउसले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.