भारत र चीनबीच सीमा विवाद कम गर्ने प्रयास भइरहँदा ताइवानले मुम्बईमा खोल्यो वाणिज्य दूतावास

ताइवान मुद्दामा सावधानी अपनाउन दिल्लीलाई बेइजिङको आग्रह
कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारत र चीनबीच सीमा विवाद कम गर्ने प्रयास भइरहँदा ताइवानले मुम्बईमा खोल्यो वाणिज्य दूतावास

काठमाडौं । चीन र भारतबीच सीमा विवाद कम गर्न जारी प्रयासहरूका बीच ताइवानले भारतको मुम्बईमा आफ्नो तेस्रो वाणिज्य दूतावास खोलेको छ । चीनले भने ताइवानका मुद्दाहरूमा सावधानी अपनाउन भारतलाई आग्रह गरेको छ ।

भारतको नयाँदिल्ली र चेन्नईपछि ताइवानले मुम्बईमा पनि वाणिज्य दूतावास खोलेको हो । बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले ताइवानसँग आधिकारिक सम्पर्कमा संलग्न हुने कुनै पनि देशले चालेको कदमको चीनले विरोध गर्ने बताउनुभयो ।

उहाँले चीन-भारतबीचको सम्बन्ध सुधारमा हस्तक्षेप गर्ने ताइवानका मुद्दाहरूलाई सावधानीपूर्वक ह्यान्डल गर्न भारतलाई आग्रह गर्नुभयो । उहाँले एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई कडाइका साथ पालना गर्न पनि भारतलाई आग्रह गर्नुभयो । ताइवान चीनको अभिन्न अंग रहेको कारण भारतले ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक वार्ता गर्न नहुने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.