साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गरेको हो । श्रीलंकाका लागी इमेशा वार्ना कला सुरियाले निर्णायक गोल गरिन् । डेब्यू खेलमै इमेशाले गरेको गोलले श्रीलंकालाई स्पस्ट ३ अंक दिलायो । सुरुवातदेखि नै आक्रमक देखिएको श्रीलंकाले गोलका थुप्रै अवसर खेर फाल्यो ।

सातौं मिनेटमा थर्मिका सिवाने स्वरणले गोल गर्ने सहज मोका गुमाइन् । १८ औं मिनेटमा इमेशाले गोल गरेपछि श्रीलंकाले अग्रता बनायो । दायाँ विंगबाट प्रविना परेराले उपलब्ध गराएको क्रसमा इमेशाले सहजै गोल गरिन् । ३३ औं मिनेटमा इमेशालाई माल्दिभ्सकी गोलरक्षकले लगातार दुई पटक दोस्रो हाफमा पनि श्रीलंका सहज गोल गर्ने अवसरलाई परिणत गर्नबाट चुक्यो ।

तर एम एच रोमीको टोलीले श्रीलंकाको अन्डर १९ महिला टीमको कप्तानीसमेत गरिसकेकी इमेशाले दिएको १ गोलको अग्रता अन्त्यसम्म कायम राख्न सक्यो । यससँगै श्रीलंकाले समूह बीमा ३ अंक जोडेको छ । उसले आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्ने छ । सोही दिनको दोस्रो खेलमा नेपाल र माल्दिभ्स आमने-सामने हुने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.