बेलायती पप गायक लियाम पायनेको अर्जेन्टिनामा होटलको तेस्रो तल्लाबाट खसेर मृत्यु

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायती पप गायक लियाम पायनेको अर्जेन्टिनामा होटलको तेस्रो तल्लाबाट खसेर मृत्यु

काठमाडौं । कुनै समयको चर्चित युवा पप सांगितिक ब्यान्ड 'वन डाइरेक्सन'का पूर्व सदस्य तथा गायक लियाम पायनेको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर मृत्यु भएको छ ।

स्थानीय प्रहरीले ३१ वर्षीय बेलायती गायक लियाम होटलको तेस्रो तल्लाको कोठाको बालकनीबाट खसेर मृत अवस्थामा फेला परेको बताएको छ । उनी ब्यान्डका पूर्वसहकर्मी नियाल होरानको सांगीतिक समारोहमा सहभागी हुन दुई साताअघि ब्युनस आयर्स पुगेका थिए । 

सन् २०१० मा लन्डनमा केही युवाहरु मिलेर उक्त सांगितिक ब्यान्डको स्थापना गरेका थिए । ह्यारी स्टाइल्स, जेन मलिक, नियाल होरान र लुइस टमलिन्सनसँगै विघटित पप ब्यान्ड 'वन डाइरेक्सन'को एक सदस्यका रूपमा लियाम विश्वव्यापी प्रसिद्धिमा पुगेका थिए । तर, उक्त समूह २०१६ मा टुटेपछि यसका सदस्यहरू एक्ला-एक्लै रुपमा सांगीतिक यात्रामा रहेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.