केन्याको उपराष्ट्रपतिमा किथुरे किन्डिकी

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
 केन्याको उपराष्ट्रपतिमा किथुरे किन्डिकी

काठमाडौं । केन्याका राष्ट्रपति विलियम रुटोले आन्तरिक मामिला मन्त्री किथुरे किन्डिकीलाई उपराष्ट्रपतिको पदमा मनोनयन गर्नुभएको छ ।

राष्ट्रपति विलियम रुटोले किन्डिकीलाई उपराष्ट्रपतिको पदमा मनोनयन गरेको संसदका सभामुखले आज जानकारी दिनुभएको हो । केन्याको संसद्ले निवर्तमान उपराष्ट्रपति रिगाथी गचागुवामाथि महाभियोग लगाएर पदबाट बर्खास्त गरेको केही घण्टापछि राष्ट्रपति रुटोले किन्डिकीलाई नयाँ उपराष्ट्रपतिमा मनोयन गर्नुभएको छ ।

देशलाई राजनीतिक सङ्कटतर्फ धकेल्न खोजेको आरोपमा उपराष्ट्रपति गचागुवामाथि महाभियोग लगाउज र पदबाट बर्खास्त गर्न संसद्ले मतदान गरेको थियो । ६७ सासंद मध्ये ५४ सासंदले 'संविधानको घोर उल्लङ्घन' गरेको कारण गचागुवामाथि लगाइएको महाभियोगको पक्षमा मतदान गरेका थिए ।

संसद्ले ११ मध्ये पाँच आरोपमा उपराष्ट्रपति गचागुवालाई दोषी ठहर गरेको बताइएको छ । गचागुवाले भने महाभियोगको कारबाहीको क्रममा आफूमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गर्नुभएको छ । उहाँले सन् २०२२ मा राष्ट्रपति रुटोलाई चुनाव जित्न निर्णायक भूमिका खेल्नुभएको थियो । तर केही दिन यता गचागुवाले राजनीतिक विषयमा मिडिया सामु नकारात्माक बयानबाजी गरेपछि यस्तो अवस्था आइलागेको बताइएको छ ।

महाभियोगद्वारा पदबाट जबरजस्ती बर्दास्त गरिएको उहाँ पहिलो उपराष्ट्रपति बन्नुभएको छ । महाभियोग लगाइने क्रममा उहाँ उपस्थित हुनुहुन्न थियो । उहाँका वकिल पँल मुइटेले उपराष्ट्रपतिलाई तीव्र छाती दुखाइको कारण अस्पतालमा भर्ना गर्नुपरेको र संसद् सत्रलाई रोक्न आग्रह गर्नभुएको थियो । तर संसद्ले उहाँको प्रस्तावलाई अस्वीकार गर्दै प्रक्रिया अघि बढाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.