नेपाल-भुटानबीचको खेल पहिलो हाफमा शून्य-शून्यको बराबरी

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-भुटानबीचको खेल पहिलो हाफमा शून्य-शून्यको बराबरी

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल-भुटानबीच जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । नेपालले भुटानविरुद्धको खेलमा पहिलो हाफमा गोल नगरेको यो पहिलो पटक हो । दशरथ रंगशालामा साढे ५ बजे खेल सुरु भएको हो ।

आजै भएको समूह बी को पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई एक-शून्य गोलले पराजित गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.