जम्मू कश्मीर विधानसभा चुनावको नतिजा सार्वजनिक, नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत

आश्विन २२, २०८१ |प्रभात सिंह
जम्मू कश्मीर विधानसभा चुनावको नतिजा सार्वजनिक, नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत

काठमाडौं । भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक छ । हालै भएको विधानसभा चुनावमा जम्मू कश्मीर नेशनल कन्फ्रेन्स र कांग्रेस आईको गठबन्धनले बहुमत प्राप्त गरेको भारतीय सञ्चारमध्यमले जनाएका छन् ।

नेशनल कन्फ्रेन्सले ४२ सिट जितेको छ भने कांग्रेसले ६ सिट जितेको छ । त्यस्तै भारतीय जनता पार्टी (भाजपा)ले २९ सिटमा जित हासिल गरेको छ । त्यस्तै पीडीपी ३ सिटमा सिमित भएको बताइएको छ ।

यसबाहेक भारतीय कम्युनिष्ट पार्टी-मार्क्सवादी कम्युनिष्ट पार्टी-सीपीएम, जम्मू कश्मीर पिपुल्स कन्फरेन्स-जेपीसी र आम आदमी पार्टी-आपले एक-एक सिटमा जित हासिल गरेका छन् । त्यस्तै सात सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू कश्मीरमा कुल ९० सिट छन् र बहुमतका लागि ४६ सिट आवश्यक छ । नेशनल कन्फ्रेन्स-कांग्रेस गठबन्धनले ४८ सिट जितेको छ । यसको आधारमा त्यहाँ नेशनल कन्फ्रेन्स-कांग्रेस गठबन्धनले सरकार बनाउने छ ।

जम्मु कश्मीरमा १० वर्षपछि विधानसभाको चुनाव भएको छ । पछिल्लो पटक त्यहाँ भाजपा र पीडीपीले मिलेर सरकार बनाएका थिए । उक्त सरकारमा महबुबा मुफ्ती मुख्यमन्त्री बन्नुभएको थियो । भाजपा-पीडीपी गठबन्धन सरकारले भने पाँच वर्ष पूरा गर्न सकेको थिएन् ।

त्यसपछि ५ अगस्ट २०१९ मा अनुच्छेद ३७० खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जा हटाएर दुई केन्द्र शासित प्रदेश बनाइयो र केन्द्रीय शासन लागू गरिएको थियो । 


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement