इजरायली सेनाले सोमबार गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा ७७ जनाको मृत्यु

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायली सेनाले सोमबार गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा ७७ जनाको मृत्यु

काठमाडौं । इजरायल-हमास युद्ध सुरु भएको एक वर्ष पुगेकै दिन इजरायली सेनाले सोमबार गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा ७७ जना मारिएका छन् । हमासले भने इजरायल विरुद्धको संघर्षको युद्ध जारी राख्ने वाचा गरेको छ ।

उता लेबनानको हिजबुल्लाहले इजरायली बन्दरगाह सहर हाइफा र तेल अविभको मध्य भाग नजिकै रहेको सैन्य आधारमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । यस्तै इजरायली सेनाले लेबनानको राजधानी बेरुतस्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाले दक्षिणी लेबनान बासिन्दाका लागि बहिर्गमनको नयाँ आदेश पनि जारी गरेको छ ।

इजरायली सेनाले गत अक्टोबरदेखि गाजामा सुरु गरेको आक्रमणमा  ४१ हजार ९ सयभन्दा बढी प्यालेष्टिनीको मृत्यु भएको छ भने ९७ हजारभन्दा बढी घाइते भएका छन् । गत अक्टोबर ७ मा प्यालेष्टिनी लडाकु समूह हमासले दक्षिणी इजरायलमा आश्चर्यजनक रूपमा गरेको आक्रमणमा कम्तीमा ११ सय ३९ जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर लगिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement