इजरायलले लेबनानमा आक्रमण बढाएसँगै विभिन्न देशद्वारा आफ्ना नागरिकको उद्धार तीव्र

युद्ध सुरु भएयता १२ लाखभन्दा बढी विस्थापित
आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलले लेबनानमा आक्रमण बढाएसँगै विभिन्न देशद्वारा आफ्ना नागरिकको उद्धार तीव्र

काठमाडौं । इजरायलले लेबनानमा आक्रमण बढाएसँगै विभिन्न देशले आफ्ना नागरिकको उद्धार तीव्र पारेका छन् । लेबनानको आकाशमा इजरायलको हमला जारी भएपछि विदेशी नागरिकसहित स्थानीय वासिन्दा समेत बेरुत सहर छाडेर सुरक्षित स्थानतर्फ लागेका हुन् ।

इजरायलले बेरुत र समस्त लेबनानमै आफ्नो आक्रमण बढाएपछि धेरै देशहरुले आफ्ना नागरिकहरुको उद्धारका लागि विमानहरू पठाउने क्रम जारि राखेका छन् । हेज्बोल्लाहसँग झन्डै एक वर्ष युद्धमा रहेको इजरायलले यस पटक भने हवाई आक्रमणका साथै लेबनानभित्र सेना समेत पठाएको छ । यसअघि युद्ध केबल इजरायल र लेबनानको सीमा क्षेत्रमा सीमित थियो ।

इजरायली शैन्य कारबाहीमा हेज्बोल्लाहको नेतृत्व तहमा रहेका धेरै अधिकारीहरुको मृत्यु भइसकेको छ । लेबनानमाथि इजरायलको हमलामा धेरै सर्वसाधारणको समेत मृत्यु भैसकेको छ भने झन्डै १२ लाखभन्दा बढी विस्थापित भइसकेका छन्। यसैविच, उत्तरी इजरायलमा विस्फोटको आवाज सुनिएपछि इजरायलको आइरन डोम सक्रिय भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement