धौलागिरी हिमाल आरोहण गर्ने क्रममा पाँच जना रुसी पर्यटक सम्पर्कविहिन

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
धौलागिरी हिमाल आरोहण गर्ने क्रममा पाँच जना रुसी पर्यटक सम्पर्कविहिन
काठमाडौं । धौलागिरी हिमाल आरोहण गर्ने क्रममा पाँच जना रुसी पर्यटक हराएका छन् ।

धौलागिरी आरोहणका लागि गएका १४ जना मध्ये पाँच जनाको अवस्था यकिन हुन सकेको छैन । खोजीका लागि गएको उद्दार टोलीले हेलिकोप्टरबाट उनीहरु लडेको अवस्थामा देखेको तर प्रतिकुल मौसमका कारण अवस्था यकिन र उद्दार गर्न नसकिएको पर्यटन विभागले जनाएको छ ।

पाँचैजना ७ हजार ६ मिटर नजिक लडेको अवस्थामा देखिएको पर्यटन विभागका राकेश गुरुङले कान्तिपुर समाचारलाई जानकारी दिनुभयो । उनीहरु पाँचै जना रुसका चर्चित पर्वतारोही भएको पनि उहाँले बताउनुभयो ।

एकले अर्कोलाई तान्ने क्रममा खसेको हुनसक्ने विभागको अनुमान छ । बाँकी ९ जना भने फर्केर सम्पर्कमा आइसकेको विभागले जनाएको छ ।

गतवर्ष पनि धौलागिरी हिमाल आरोहण गर्ने क्रममा एक जना रुसी नागरिकको ज्यान गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement