थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
थप ५७ वटा हिमाल आरोहणका लागि खुला

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । यस्तै थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रामप्रसाद ज्ञवाली, अर्थविद् विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनाल रहनुभएको छ ।

आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ । आयोगले कार्यविधि आफै बनाउने छ।

यसैगरी मन्त्रिपरिद बैठकले थप ५७ वटा हिमालहरु आरोहणका लागि खुला गर्ने निर्णय पनि गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement