आप्रवाशीलाई रोक्न नसकेका कारण ह्यारिसलाई मुद्दा चलाउनुपर्छ : डनल्ड ट्रम्प

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आप्रवाशीलाई रोक्न नसकेका कारण ह्यारिसलाई मुद्दा चलाउनुपर्छ : डनल्ड ट्रम्प

काठमाडौं । अमेरिकाको रास्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले डेमोक्रेट उम्मेदवार कमला ह्यारिसलाई मुर्खभएको टिप्पणी गरेका छन् ।

पेन्सिलभेनिया राज्यमा एक सभालाई सम्बोधन गर्दै आफ्नो प्रतिस्पर्धी डेमोक्रेट उम्मेदवार ह्यारिसलाई मुर्ख भन्दै अवैध आप्रवाशीहरुको अमेरिका प्रवेश रोक्न नसक्नुका कारण उनि माथि मुद्धा चलाउनुपर्ने बताएका छन्।

२०२४ को रास्ट्रपति चुनावमा सबै भन्दा कडा प्रतिस्पर्धा देखिदै आएको पेन्सिलभेनिया राज्यमा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले आफ्नो चौथौ चुनावी सभालाई सम्बोधन गर्दै अमेरिकी अध्यागमन र नाका विभागको तथ्यांक अनुसार हत्यामा दोषी ठहरिएका १३,००० आप्रवासीहरुलाई ह्यारिसले अमेरिका प्रवेश गराएको बताए। पेन्सिलभेनिया राज्य अमेरिकी रास्ट्रपति चुनावका लागि महत्वपुर्ण युद्धभूमि राज्य रहदै आएको छ।

यस पटकको चुनाव नभेम्बर ५ मा हुनेछ। ७ महत्वपुर्ण र अत्यधिक प्रतिष्पर्धा हुने राज्य हरु मध्य पेन्सिलभेनिया सबै भन्दा बढी जनसंख्या भएको राज्य हो भने यसले इलेक्टोरल कलेजमा सबैभन्दा बढी मत दिने गर्दछ जसले अन्तत पुरै चुनावको विजेता निर्णय गर्न निकै महत्वपूर्ण भूमिका खेल्दछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement