लेबनानमा इजरायली सेनाको आक्रमण जारी, पछिल्लो आक्रमणमा २५ जना मारिए

युद्धविराम गर्न इजरायललाई पश्चिमा मुलुकहरुको दबाब
आक्रमण नरोकिने नेतन्याहूको अडान
आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
 लेबनानमा इजरायली सेनाको आक्रमण जारी, पछिल्लो आक्रमणमा २५ जना मारिए

काठमाडौं । इजरायली सेनाले लेबनानमा इरान सर्मिथत हिजबुल्लाह समूहलक्षित आक्रमण जारी राखेको छ । पछिल्ला दुई छुट्टाछुट्टै आक्रमणमा २५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एकै परिवारका नौ जना रहेको सेबा क्षेत्रका मेयर मोहम्मद शाबले जनाएका छन् ।

प्रतिकारमा लेबनानबाट हिजबुल्लाहले पनि इजरायलको हाईफा क्षेत्रलक्षित आक्रमण गरेको दाबी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पूर्ण शक्तिका साथ लेबनानमा आक्रमण गर्न निर्देशन दिएलगत्तै इजरायली सेनाले लेबनानको बेरुतमा आक्रमण गरेको थियो ।

त्यसमा हिजबुल्लाहका ड्रोन कमाण्डरसँगै ९२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच पश्चिमा राष्ट्रहरुले २१ दिने युद्ध विराम गर्न दबाब दिए पनि इजरायली प्रधानमन्त्री नेतन्याहूले अस्वीकार गर्नुभएको छ ।

तर युद्धविराम प्रस्तावबारे भने वार्ता गर्ने उहाँको भनाइ छ । उहाँले युद्ध विरामको पहलका लागि छलफल भए पनि लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण जारी राख्ने स्पष्ट पार्नुभएको छ । यसैबीच नेतन्याहूले आज महासभालाई सम्बोधन गरिरह्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement