जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिकको अध्यक्षमा पूर्व रक्षामन्त्री सिगेरु इसिबा निर्वाचित

नयाँ प्रधानमन्त्री बन्ने निश्चित
आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिकको अध्यक्षमा पूर्व रक्षामन्त्री सिगेरु इसिबा निर्वाचित

काठमाडौं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी-एलडीपीको नेतामा पूर्व रक्षामन्त्री सिगेरु इसिबा चुनिनु भएको छ ।

तल्लो सदनमा एलडीपीको बहुमत रहेका कारण पार्टीले चुनेका नेता नै प्रधानमन्त्री बन्ने गरेका छन् । यस अनुसार सिगारु अब जापानको आगामी प्रधानमन्त्री बन्ने तय भएको छ । गत महिना प्रधानमन्त्री फुमियो किसिदाले पार्टी अध्यक्षमा नलड्ने घोषणा गरेपछि एलडीपीले मतदानमार्फत नयाँ नेतृत्वका रुपमा सिगेरु इसिबालाई चुनेको हो ।

आज पार्टीको अध्यक्ष पदका लागि भएको प्रथम र दोस्रो चरणको मतदानमा सिगेरुले आफ्ना प्रतिस्पर्धी साने ताकाइचीलाई पराजित गर्दै पार्टीको नयाँ अध्यक्षमा चयन हुनुभएको रोयटर्सले जनाएको छ । अध्यक्ष पदमा नौ जना उम्मेदवार मैदानमा थिए ।

त्यसमध्ये दोस्रो चरणको मतदानमा सिगेरु र ताकाइचीबीच मुख्य प्रतिस्पर्धा भएको थियो । ६७ वर्षीय सिगेरु पाँचौ पटक पार्टीको अध्यक्ष पदका लागि उम्मेदवार बन्नुभएको थियो । उहाँ अन्तिम पटकमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको बताइएको छ ।

पार्टीले आज सिगेरुलाई चयन गरेसँगै उहाँ जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको बताइएको छ । जापानमा तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । जापानमा युद्धपछि एलडीपी तल्लो सदनमा निरन्तर सत्तापक्षको हैसियतमा छ । सिगेरु सन् १९८६ मा संसद् प्रवेश गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement