यमनको हुथी विद्रोही समूहले प्रहार गरेको क्षेप्यास्त्र विफल पारेको इजरायलको दाबी

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
यमनको हुथी विद्रोही समूहले प्रहार गरेको क्षेप्यास्त्र विफल पारेको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाले इरान समर्थित "हुथी विद्रोही समूह"ले यमनबाट प्रहार गरेको क्षेप्यास्त्रलाई विफल पारेको जनाएको छ।

क्षेप्यास्त्र प्रहार भएपछि मध्य इजरायलमा साइरन र विष्फोटको आवाज सुनिएको अन्तरराष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

हुथीले प्रहार गरेको क्षेप्यास्त्र मध्य इजरायलसम्म पुगेको यो पहिलो पटक भने होइन । यसै महिनापनि हुथी समूहबाट प्रहार गरिएको एउटा क्षेप्यास्त्र मध्य इजरायल सम्म पुगेको थियो भने सो हमलालाइ इजरायलको हवाइ प्रतिरक्षा प्रणालीले विफल पारेको थियो।इजरायली सेनाले आफ्नो रक्षा नीतिमा केहि परिवर्तन नभएको जनाउदै आफ्नो देशमाथि हुने हरेक प्रहारको कडा जवाफ दिने बताएको छ।

इजरायल हमास युद्ध शुरु भएयता प्यालेस्टाइनको समर्थनमा यमनको हुथी समूहले इजरायलमाथि पटक-पटक क्षेप्यास्त्र र ड्रोन हमला गर्दै आएको छ । गत जुलाई महिनामा हुथी समूहले तेल अबिबमाथि पहिलो पटक ड्रोन हमला गरेको थियो जसमा एकजनाको मृत्यु समेत भएको थियो।

इजरायलको जवाफी हमलामा हुथी समुहको केहि पुर्वाधारहरुमा ठुलो क्षति पुगेको थियो भने ६ जनाको मृत्यु हुनुका साथै कम्तिमा ८० जना घाइते समेत भएका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement