भारतको बिहारमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको बिहारमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु

काठमाडौं । भारतको बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।

बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा उक्त दुर्घटना भएको हो । औरंगाबाद र कैमुर जिल्लामा पोखरीमा डुबेर सबैभन्दा बढी आठ जनाको मृत्यु भएको विभागको भनाइ छ ।

त्यस्तै रोहतास, अरवाल, नालंदा, सिवान र बक्सरलगायत राज्यका अन्य जिल्लामा जितिया पर्वमा नुहाउने क्रममा डुबेर महिला तथा बालबालिकाको मृत्यु भएको विभागले जनाएको छ । दक्षिण बिहारका जिल्लाहरूमा सामान्यतया पोखरीमा पानी कम हुन्छ तर यस वर्ष भारी वर्षाका कारण पोखरीमा पानी बढी रहेकाले घटना हुन पुगेको विभागले जनाएको छ ।

जितिया पर्व मंगलबार र बुधबार मनाइएको थियो । यस पर्वमा बिहार, झारखण्डजस्ता धेरै राज्यहरूमा विभिन्न मान्यता अनुसार महिलाहरू व्रत बस्छन् र नदी वा पोखरीमा नुहाउन जाने गर्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement