‘समिट अफ द फ्यूचर’मा अर्जेन्टिना सहभागी नहुने

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘समिट अफ द फ्यूचर’मा अर्जेन्टिना सहभागी नहुने

काठमाडौं । अर्जेन्टिनाकी विदेशमन्त्री डायना मोन्डिनोले संयुक्त राष्ट्रसंघले ‘भविष्यका लागि गरेको सम्झौता’ मा आफ्नो देश सामेल नहुने स्पष्ट पार्नुभएको छ ।

राष्ट्रसंघले महासभाका बीच आयोजना गरिएको ‘भविष्यका लागि शिखर सम्मेलन’ अर्थात् ‘समिट अफ द फ्यूचर’मा पारित भएको सम्झौतालाई अर्जेन्टिना सामेल नहुने विदेश मन्त्री मोन्डिनोले स्पष्ट पार्नुभएको हो ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सम्झौतालाई ‘अझ प्रभावकारी, समावेशी, सञ्जाल बहुपक्षीयतातर्फको कदम-परिवर्तन’ भनेर वर्णन गरेको सो सम्झौतालाई करिब नौ महिनाको वार्तापछि महासभाबाट पारित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ ।

उक्त सम्झौतामा जिम्मेवार र ‘दिगो डिजिटल भविष्य’तर्फ काम गर्ने विषय समेत समावेश छ । भविष्यका लागि दुई-दिवसीय शिखर सम्मेलनको सुरुवातमै यसलाई मतदान विनै पारित गरिएको बताइएको छ ।

गुटेर्रेसले शान्ति र सुरक्षा, विश्वव्यापी शासन, दिगो विकास, जलवायु परिवर्तन, डिजिटल सहयोग, मानवअधिकार, लैङ्गिक, युवा र भावी पुस्तालगायतका विषयलाई समेट्ने शिखर सम्मेलन र सम्झौताका लागि लामो समयदेखि जोड दिँदै आउनुभएको थियो ।

सम्मेलन अहिलेका वर्तमान परिस्थितीका चुनौति र भावी पुस्ताका लागि राम्रो भविष्य निर्माण गर्ने विषय केन्द्रित थियो । यसमा विश्वका सबै जसो नेताहरु सहभागी भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement