वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत आज हुने भनिएको नेपाल र ओमान बीचको खेल रद्द भएको छ ।

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज ओमानसँग अन्तिम खेल खेल्ने तालिका थियो तर वर्षा नरोकिएपछि खेल रद्द भएको हो ।

सिरिजको तीन खेलमा नै पराजित भएको नेपाललाई आज जित दर्ता गर्नैपर्ने दबाब थियो । तर, आजको खेलमा वर्षा बाधक बन्दा नेपाल र ओमानले १-१ अंक बाढ्न बाध्य भए । नेपालले सात खेल खेल्दा एकमात्र जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएपछि नेपालले जित दर्ता गर्न सकेको छैन् ।

यसबीच नेपाल क्यानडा र नामिबियासँगका दुवै खेलमा पराजित बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement