राष्ट्रसंघको ७९औं महासभाको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीसहित नेपाली टोली सहभागी

आश्विन ८, २०८१ |दीपक आचार्य
राष्ट्रसंघको ७९औं महासभाको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीसहित नेपाली टोली सहभागी

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औं महासभा अमेरिकाको न्यूयोर्कमा आज मंगलबार सुरू भएको छ ।

पाँच दिनसम्म चल्ने महासभाको उद्घाटन सत्रलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुभएको छ । उद्घाटन सत्रमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रथम महिला राधिका शाक्य ,परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायतको सहभागिता रहेको छ । महासभामा प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्दैहुनुहुन्छ ।

राष्ट्रसंघका अनुसार हालसम्म १ सय २० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख न्युयोर्क पुगेका छन् । महासभामा १९३ मुलुक तथा दुई पर्यवेक्षक मुलुकहरु होली सी र प्यालेस्टाइन छन् ।

महासचिव गुटेरेसले आफ्नो सम्बोधनमा रुस-युक्रेन र गाजाको युद्धमा छिटोभन्दा छिटो युद्ध विराम गर्नुपर्ने उल्लेख गर्दै अन्य क्षेत्रमा भइरहेका आन्तरिक र बाह्य द्वन्द्वको पिडाबारे जानकारी गराउनु भएको थियो ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement