अमेरिकी राष्ट्रपतिका उम्मेदवार ह्यारिससँग अर्को चुनावी बहस नगर्ने ट्रम्पको भनाइ

मतदान सुरु भएका कारण समय नभएको तर्क
आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी राष्ट्रपतिका उम्मेदवार ह्यारिससँग अर्को चुनावी बहस नगर्ने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति तथा राष्ट्रपति चुनावका लागि रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले उपराष्ट्रपति तथा डिमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग अर्को चुनावी वहस हुन नसक्ने बताउनुभएको छ ।

यसअघि डिमोक्रेटिक उम्मेदवार ह्यारिसको चुनावी प्रचार टोलीले उहाँ अक्टोबर २३ का लागि पुनः अर्को चरणको चुनावी बहस गर्न तयार रहेको बताएको थियो । उत्तरी क्यारोलाइनाको विल्मिङ्गटनमा आफ्ना समर्थकहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति ट्रम्पले मतदान प्रारम्भ भैसकेको कारण अर्को बहसका लागि निकै ढिला भइसकेको बताउनुभएको हो । सो चुनावी सभामा ट्रम्पले ह्यारिस र राष्ट्रपति जो बाइडेनको आलोचना गर्नुभएको थियो ।

उहाँले पुनः अपराधीहरु र अवैध आप्रवाशीहरुको विरुद्ध कडा कानुन र कानुनी कारबाही अगाडी बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement